FAQs Complain Problems

देवदह नगरपालिका आध्यात्मिक नगरपालिका घोषणा Devdaha Municipality Decleared As Spiritual Municipality

सूचकहरु ः
क) सनातन बैदिक धर्म को अध्ययन अनुसन्धान र उपयोग गर्ने ।
ख) बौद्ध दर्शनको अध्ययन र उपयोग गर्ने ।
ग) हरेक धार्मिक सम्प्रदायहरुको संरक्षण प्रर्बद्धन गर्ने ।
ग) कम्तीमा एक अनाथालय स्थापना र संचालन गर्ने ।
घ) योग , ध्यान र कुण्डलिनि जागरण कार्यक्रम संचालन गर्ने ।
ङ) कम्तीमा एक ज्येष्ठ नागरिक मिलन केन्द्र संचालन गर्ने ।
घ) न्यूनतम १ प्रकृतिक चिकित्सालय तथा आरोग्य केन्द्र स्थापना गर्ने ।
च) आदर्शात्मक परम्परागत जिवन पद्धति अवलम्बन गर्ने ।
छ) युवा बर्गमा राष्ट्रियता ,उद्यमशिलता ,नैतिकता को प्रशिक्षण दिने ।
ज) पारिवारिक तथा सामाजिक संस्कार ,अनुशासन र मर्यादा कायम गर्ने ।
झ) न्यूनतम एक ध्यान केन्द्र (meditation center) स्थापना तथा संचालन गर्ने ।
ञ) परम्परागत संस्कृतिको संरक्षण र प्रर्वदन गरिने छ ।
ट) आत्म निर्भरताको लागि एक परिवार एक व्यावसाय अवधारणा लागु गर्ने ।
ठ) ज्येष्ठताको उच्च समान गर्ने । सभा सम्मेलन र सार्वजनिक कार्यक्रममा ज्येष्ठताको कदर गरिने ।
ड) हरेक टोल टोलमा विहान योग ध्यान र साँझ साधना, भजन,लोक गायन तथा नृत्य गरी सामाजिक आनन्द आदान प्रदान गरिने छ ।
ढ) परोपकार भावनाको बिकास गर्न अरुको सुख दुखमा टेवा पु¥याउने भावनाको बिकास गरिने छ । आम्दानीको निश्चित अंश सेवामूलक संस्था र क्रियाकलापमा लगाउन प्रेरित गर्ने ।
ण) मठ मन्दीर ,गुम्बा ,मस्जीत हरुको स्तरोन्नती गरी मानव जिवनको बहु उद्येश्यसीय उपयोग गरिने छ ।
त) दुर्लभ मानव जिवनकोे उच्चतम उपयोग गर्न जिवनतत्व र ब्रह्मतत्व ज्ञान सम्वन्धी बौद्धिक तथा सन्त सम्मेलन गरिनेछ ।
थ) जिवन तत्वको अध्यान तथा अनुसन्धान गर्ने विश्व विद्यालय तथा संस्थाहरु लाई देवदह नगरपालिकामा स्थापना र संचालन गर्ने ।
द) बौद्ध दर्शन , कर्मको सिद्धान्त ,मायादेवी , यसोधरा , प्रजापति गौतमिको गुणहरुको अनुसरण गर्न पाठ्यक्रम तयार गरी लागु गर्ने ।
ध) परोपकारी संस्थाहरु विच समन्वय र सहकार्य गर्ने ।
न) न्यूनतम अपांग पुनस्र्थापना केन्द्र स्थापना गरी संचालन गर्ने ।
प) गौतम वुद्धका अष्टाङ्गिक मार्ग लाई प्रचार प्रसार र अवलम्वन गर्ने
फ) परिवारमा माता पिताको उच्च सम्मान तथा समाजमा महिलाहरुको उच्च सम्मान गरिनेछ । लैगिक हिंसा रहित नगरपालिका बनाइनेछ ।
ब) आयुर्वेद पद्धति र प्राकृतिक पद्धतिको खानपानमा जोड दिइनेछ । देवदह भित्रका समारोह कार्यक्रममा यस्ता खाद्यान्नको प्रगोग गरिनेछ ।
भ) स्वदेशी वस्तुको उपयोग लाई प्रर्वद्धन गर्ने ।
म) कम्तीमा एक पुस्तकालय स्थापना र संचालन गर्ने
य) वृद्ध तथा रोगि पशुहरुको संरक्षण गर्न कम्तीमा १ गौशाला निर्माण गर्न वा छिमेकि गौशाला संग सहकार्य गर्ने ।
र) आध्यात्मीक नगरपालिकाको प्रतिकको रुपमा एक कतबतगभ निर्माण गरिनेछ ।
ल) मित्रराष्ट्रहरु मध्ये बाट एक आध्यात्मिक नगर संग भगिनी सम्बन्ध कायम गर्ने ।